
झापा । नेकपा (एमाले) झापाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
विर्तामोडमा शुक्रबारबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पदमा कार्कीको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
२०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा उहाँ झापा क्षेत्र नम्बर ६ बाट संविधान सभा सदस्य पदमासमेत निर्वाचित हुनुभएको थियो ।
गौरादह निवासी कार्की लामो समयदेखि एमालेको सक्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ ।
अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।
सचिवमा शिव ढुङ्गेल चयन हुँदा उपसचिवद्वयमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ चयन हुनुभएको छ ।
पार्टीका बाँकी पदाधिकारीको टुङ्गो लगाउन सहमतिको प्रयास भइरहेको एमाले नेता प्रविण पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्