
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ ।
मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप लगाइने छ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन लागेको हो ।
यसअघि, गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन थालिएकोमा एक दिन लगाएर स्थगित गरिएको थियो । १२ देखि १७ वर्ष उमेर समूहमा खोप लगाउने अभियान भने अझै सुरु हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्