
काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको उहाँले बताउनुभयो ।
अध्यक्ष अन्सारीले संविधानमा सबै वर्गलाई आरक्षणको व्यवस्था गरिए पनि सो अनुसार काम हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्