८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्याङ्जामा हत्या अभियोगमा ६ जना पक्राउ


1.235k
Shares

स्याङ्जा, पुस २५ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुर (हत्या)मा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ का २७ वर्षीय सूर्य भन्ने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, १८ वर्षीय सुनिल विक, ३७ वर्षीय धन बहादुर विक, २४ वर्षीय गोविन्द भन्ने फुननारायण अधिकारी र २८ वर्षीय साजन कामी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थालबाट १ थान भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान छर्रा, र ३० बट्टा सलाई बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गत पुस २० गते राति १० बजे स्याङ्जाको आँधिखोला कालिखर्क जंगलमा सात जना व्यक्तिहरु अवैध भरुवा बन्दुक लिई वन कुखुरा मार्न भनि जाँदो सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको उक्त भरुवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएपश्चात फरार रहेका उनीहरुलाई पक्राउ गरिएको हो ।