
सोलुखुम्बु । नेकपा (एमाले) सोलुखुम्बुको सातौं जिल्ला अधिवेशनले अध्यक्षमा डुफकुमार बाँस्तोलालाई सर्वसम्मत चयन गरेको छ ।
निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।
माओवादी केन्द्रसँगको एकताअघिको एमाले जिल्ला कमिटीमा उपाध्यक्ष रहनुभएका बाँस्तोला नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।
अदालतको फैसलापछि पुर्ववत रूपमा फर्किएको केही समयपछि अध्यक्ष मानवीर राईले राजीनामा दिएर बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै, अधिवेशनले उपाध्यक्षमा हर्कबहादुर राई, सचिवमा आसकुमार राई ‘शिशिर’, उपसचिवमा दिपक राजभण्डारी र मिङ्मा शेर्पा चयन भएको एमाले सोलुखुम्बुले जनाएको छ ।
सदरमुकाम सल्लेरीमा भएको अधिवेशनले ९० सदस्सीय जिल्ला कमिटी बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्