१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमानकी नयाँ प्रेमिका समान्था !


7.007k
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बेला-बेलामा बलिउड र हलिउडका अभिनेत्रीहरूसँग नाम जोडिने गरेको छ ।

सलमानको प्रेमिकाको रूपमा संगिता बिजलानी, सोमी अली, फरिया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुर लगायतका कलाकारहरूसँगकाे नाम जोडिएको थियो । पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको चर्चा छ ।

यद्यपि समान्थालाई सलमानकी नयाँ प्रेमिका हुन् भनेर चर्चा भइरहँदा सलमानले भने आफू सिंगल रहेकाे बताउँदै आएका छन् ।

बलिउड हंगामालाई अन्तर्वार्ता दिँदै समान्थाले सलमान धेरै राम्राे मान्छे भएकाे बताइन् । आफूले ऋतिक राेशनसँग पनि भेटेकाे भन्दै उनीसँग कसैले पनि नाम नजाेडेकाे बताइन् । आफूलाई सलमान मनपर्ने र आफूहरू साथी मात्र रहेकाे उनकाे भनाइ छ ।

अन्तर्वार्तामा सलमानको ‘सुल्तान’ फिल्म आफ्नो मनपर्ने बलिउड फिल्म रहेको बताइन् ।

समान्था केहि दिनअघि सलमानको जन्मदिनकाे पार्टीमा गएकी थिइन् । सलमानसँग मात्र परिचित उनले पार्टीमा गएपछि अन्य कलाकारलाई पनि चिन्ने मौका पाइन् । पार्टीमा उनले सबैको तारिफ गरेकी थिइन् ।

केहि समयअघि भारत आएकी समान्थाले ऋतिकसँग भेटेकी थिइन् । उक्त भेटकाे तस्बिर उनले आफ्नो इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी थिइन् ।