१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पथलैया-वीरगञ्ज सडकखण्डमा ट्राफिक बत्ती अलपत्र


91
Shares

बारा, पुस २६ । पथलैया-वीरगञ्ज व्यापारीक मार्ग आयोजनाले चार महिनाअघि सवारीको गति नियन्त्रण गर्न स्थापना गरेको ट्राफिक बत्ती अलपत्र परेको छ ।

पथलैयादेखि सिमरासम्म सडक र चोकका १ सय ९० वटा पोलमा राखिएका बत्तीको महशुल कसले तिर्ने भन्ने अन्यौल भएपछि संचालनमा आउन नसकेको हो ।

आयोजनाले ६ लेनको सडक बिस्तार गरेसँगै ट्रापिक बत्ती नभएकै कारण पथलैया र सिमरा चोकमा दैनिकजसो सवारी दुर्घटना र मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बत्तीको परीक्षण गरेर आयोजनाले चार दिन बाले पनि यसको संचालन सडक डिभिजन वा स्थानीय तहले गर्नु पर्ने भन्दै आयोजनाले नियमित नगरेको हो । आयोजनाका प्रवक्ता इन्जिनियर संजिवकुमार गुप्ताले सडक वत्ती निर्माणको जिम्मा आफुहरुको भए पनि संचालनको जिम्मेवारी अन्य सरोकार पक्षहरुको रहेको बताउनुभयो ।

पथलैया–वीरगञ्ज व्यापारीक मार्गमा चोक र सडक व्यवस्थित गर्न आयोजनाले प्रदेश २ मै पहिलो पटक आधुनिक सडक बत्ती जडान गरेको हो ।