१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


साताको पहिलो दिन शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं, माघ २६ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा गिरावट आयो ।

नेप्से दोहोरो अंकले झर्यो भने कारोबार पनि अर्ब तल नै खुम्चियो । नेप्से १३ अंकले ओरालो लागेर १३ सय १९ कायम भएर थामियो ।

उत्पादनमूलक बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च १ सय ३१ अंकको गिरावट आयो । जीवन बीमा समूह पनि ७५ अंकले झर्यो । होटल समूह ५४ अंकले ओरालो लाग्यो ।

विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकले कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७३ कम्पनीको २५ लाख ५० हजार कित्ता शेयर ९५ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।