
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आज मंगलबार चार खेलहरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुनेछन् ।
टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमको खेल बिहान ९ बजे हुनेछ । दुवै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो । पुलिसले सुदुरपश्चिमलाई हराएको थियो ।
यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । यी दुई टिमको खेल दिउँसो १ बजे हुनेछ । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ।
बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफले प्रदेश २ लाई पराजित गरेको थियो ।
मुलपानीमा हुने पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेशबीच खेल हुनेछ । यी दुई टिमको खेल बिहान ९ बजे हुनेछ ।
यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमको खेल दिउँसो १ बजे हुनेछ ।
दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।
प्रतिक्रिया दिनुहोस्