१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘मिटरब्याजी’ आरोपी रामबाबुको बयान सुरु


0
Shares

सर्लाही, माघ २६ । सर्लाही जिल्ला अदालतमा ‘मिटरब्याजी’ आरोपी बरहथवाका रामबाबु राय यादवसँग बयान लिन सुरु गरिएको छ ।

गत शुक्रवार ठगी तथा आपराधिक विश्वासघात सम्वन्धिको कसुरमा अभियोग पत्र दर्ता भएपछि यादवसँग आजबाट बयान लिन सुरु गरिएको हो ।

आइतबार पहिलो दिन बयान नसकिएपछि यादवलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको छ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरिएको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । उनका अनुसार भोलि बयान सकेर भोलीबाटै थुकछेक बहस सुरु हुनेछ ।

ऋण दिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको तथा ऋणीले धितो राखेको जग्गा तेस्रो पक्षलाई बिक्री गरेको गुनासो आएपछि प्रहरीले गत पुस २३ गते यादवलाई पक्राउ गरेको थियो ।

सर्लाही प्रहरीले अर्का ‘मिटरब्याजी’ आरोपी सञ्जय साह रौनियारको पनि खोजी गरिरहेको छ ।