
कपिलबस्तु । कपिलबस्तुको कृष्णननगर नाका हुँदै नेपाल भित्रिएका कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा बस्ने भन्दै घर पठाएपछि संक्रमणको जोखिम बढेको छ ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल फर्केकाहरुको नाकामा एन्टीजन परीक्षण गरी पोजेटीभ आए पनि घर पठाउँदा संक्रमण समुदाय स्तरमा फैलने जोखिम बढेको हो ।
नाकामा होल्डिङ सेन्टरको काम भैरहेको हुँदा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले संक्रमितलाई पनि घर पठाएको हो ।
हाल कपिलबस्तुबाट नेपाल फर्कनेको यकिन विवरण नभएपनि कृष्णनगर नाकाबाट दैनिक रुपमा एक हजार बढी नेपाल फर्कने गरेका छन् ।
खुला सीमा भएका कारण चोरबाटो हुँदै ठूलो संख्यामा नाका प्रवेश गर्ने गरेको पाईएको छ ।
यता, कृष्णनगरमा निर्माणाधिन रहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । २७ करोड बढी लागतमा होल्डिङ सेन्टरको निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्