१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा


208
Shares

काठमाडौं, पुस २७ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।

कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।

बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा प्रकरणमा विवादमा मुछिएसँगै पर्यटन मन्त्रालयले छानविन समिति बनाएको थियो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गत बुधबार गठित छानबिन समितिले पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको प्रतिवदेन हिजो सरकारलाई बुझाइसकेको छ ।

कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको प्रतिक्रिया दिुनभएको छ ।