१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजी स्वार्थका लागि ऐन संशोधन हुँदैन : मन्त्री श्रेष्ठ


273
Shares

काठमाडौं, पुस २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले निजी स्वार्थ पूर्तिका लागि ऐन संशोधन नहुने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासघको २९ औं वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले सहकारीलाई मर्यादित र सुशासित रपमा सञ्चालन गराउनका लागि सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष मिनराज कडेलले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत र वित्तीय क्षेत्रमा करिब १७ प्रतिशत भन्दा माथि रहेको बताउनुभयो ।

कार्यक्रममा महासंघको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस्तै साधारण सभाले १० वर्षे रणनीतिक योजना स्वीकृत गरेको छ भने महासंघको विधानसमेत संशोधन गरिएको छ ।

यसैगरी कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ वर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन गरिएको छ ।