७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एमाले सुर्खेतको अध्यक्षमा बिसी विजयी


208
Shares

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी हुनुभएको छ ।

नेकपा एमाले सुर्खेतको आठौं अधिवेशनबाट बिसी विजयी हुनुभएको छ । बिसीले डण्डिप्रसाद शर्मालाई पराजित गर्नुभएको हो ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार बिसीले ३ सय ६८ र शर्माले २ सय ६७ मत प्राप्त गर्नु भएको हो ।

यस्तै, उपाध्यक्षमा कूलमणी देवकोटा, सचिवमा कविन्द्र कुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी हुनु भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि बिसी र शर्मा प्यानल नै बनाएर चुनावी मैदानमा होमिनु भएका थिए ।