
काठमाडौं, पुस २८ । नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकता बिहीनहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् ।
नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताउनुभयो । उहाँले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष साहले सरकारले आफ्ना नागरिकलाई अनागरिक रुपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्