
काठमाडौं, पुस २८ । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागी भएका अमिर तामाङले उहाँले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गर्नुभयो । उहाँले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताउनुभयो ।
आन्दोलनकारील हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्