१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चितवनमा ५५ प्रजातिका चरा भेटिए


130
Shares

चितवन, पुस २९ । चितवनमा पानीमा आश्रित (जलपंछी) आश्रित ५५ प्रजातिका चरा भेटिएका छन् ।

नेपाल पंछी बिट संघ, वर्ड एजुकेशन सोसाइटी चितवन, हिमालयन नेचर र चितवन राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा गरेको गणनामा पानीमा पाइने ५५ प्रजातिका चरा भेटिएका हुन् ।

नेपालमा हरेक वर्ष चरा गणना हुने गरेको छ । चरा गणनाको क्रममा अघिल्लो वर्ष देखिएका चराहरु यसपालि नदेखिएको बताइएको छ भने गतबर्ष नदेखिएका लामढुडे हाँस, सीन्दुरे हाँस, नाहुन हाँस, कैला टाउँके हाँस, प्रवालपाढ यो बर्ष देखिएका छन् ।

त्यस्तै अघिल्लो वर्ष देखिएका सिउँडे, डुबुल्की चरी, चित्राङ्गढ, कालोटाउके, गंगा चिल, राजगंगा चील यसपटक नदेखिएको बताइएको छ ।