९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका युवालाई जन्मकैद


1.326k
Shares

रसुवा । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

२०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए । प्राप्त प्रमाणहरुको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी फकाएर आफनो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेष्ठेदार मुना अधिकारी ढकालले बताउनु भयो ।

फैसलापछि पीडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताउनु भयो ।