१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङ रुबी भ्यालीको पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्


260
Shares

काठमाडौं । धादिङ रुबी भ्यालीमा हिजो गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीन जना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो बनाउने क्रममा डोजरसहित तीनजना पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको जानकारी दिनुभयो । पहिरोमा बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।

पहिरोमा तीन जनाको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रहरी टोली खटाइएको छ ।