
काठमाडौं । ‘ए मेरो हजुर’को चौथो सिरिजको टीजर सार्वजनिक भएको छ ।
शुक्रबार विहान युट्युबमार्फत सार्वजनिक गरिएको टीजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको प्रेम, रोमान्स र विछोडका कथांशलाई देखाइएको छ ।
आकर्षक लोकेशन र मन छुने संवादले टीजरलाई सुनमा सुगन्ध थपेको छ । फिल्म २०७९ वैशाख १ गते प्रदर्शन हुने भएको छ ।
सुनिलकुमार थापाले निर्माण गरेको फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । उनले यसै फिल्ममार्फत पहिलोपटक निर्देशनमा हात हालेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्