२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भ्रष्टाचारका ठूला काण्डको छानविन हुँदैन : गुरुङ


390
Shares

भैरहवा, पुस ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानविन नहुने गरेको बताउनु भएको छ ।

उहाँले ठूला नेता/कर्मचारी मुछिन्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको जिकिर गर्नुभयो ।

गुरुङको स्वागतमा कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले भष्टाचारको छानविन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएपनि छानविन हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड, वाइड बडी, ओम्नी, यति, ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डको छानविन हुन नसक्दा प्रश्न उब्जिएको बताउनुभयो ।