१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टाइगर कप भलिबल : एपीएफ महिलातर्फको च्याम्पियन


299
Shares

पोखरा । विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २५–२३, २५–१५ र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो ।

एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।