१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई


377
Shares

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

उपाधिका लागि भएको खेलमा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हरायो ।

उपाधिसँगै आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजारमा चिक्त बुझायो ।

यसअघि प्रतियोगिता अन्र्तगत आजै भएको महिलातर्फको उपाधि भने एपीएफले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।