
काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् ।
अमेरिका र जापानले आफ्ना प्रशान्त तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान भनेको छ ।
जापानले देशको दक्षिणी भागमा तीन मिटरसम्म अग्लो छाल आउने चेतावनी दिएको छ । अमेरिकाले पनि तटीय क्षेत्रहरुमा ठूलो छाल आउन सक्ने र बाढीले जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत गराएको छ ।
यद्यपी, वैज्ञानिकले भने समुद्रमुनिबाट बिस्फोट भएको ज्वालामुखी भीषण रहे पनि सुनामी नै आउन सक्ने सम्भावना भने नदेखिएको बताएका छन् । तर, टोंगाको अवस्था निकै गम्भीर बनेको उल्लेख छ ।
ज्वालामुखी विस्फोटका कारण टोंगाको राजधानी नुकुअलोफ र अन्य धेरै भागहरू खरानीले ढाकेको छ भने विद्युत, टेलिफोन र इन्टरनेट सवा अबरुद्ध भएको छ । जसका कारण के कति क्षति भयो भन्ने यकिन विवरण पाउन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामुखी विस्फोटको आवाज फिजीको राजधानी सुवामा ८ मिनेटसम्म सुनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्