१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरे


325
Shares

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नु भएको छ ।

भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायत अन्य ठाउँकोसमेत आज बिहान निरीक्षण गर्नु भएको हो ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुने गरेको छ ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको बताउँदै सत्यतथ्य बुझेपछि मात्र आवश्यक निर्णय लिइने मन्त्री आलेले बताउनुभयो ।