
काठमाडौं, माघ २ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार आएको छ ।
आइतबार शेयर बजार नेप्से परिसुचक ६९ अंकले उकालो लागेर २९ सय २६ बिन्दुमा पुगेर थामिएको हो ।
बजार ६९ अंकले उकालो लागेको दिन साढे ९ अर्ब रकम बराबरको कारोबार भएको छ । उत्पादनमुलक समुहमा ४ सय ९ अंकको सुधार आउँदा जीवन बिमा समुहमा ३ सय ८९ अंकले उकालो लाग्यो ।
निर्जिवन बिमा, वित्त, जलविद्युत, विकास बैंक, लघुुवित्त, अन्य, व्यापार र वाणिज्य बैंक समुहमा दोहोरो अंकको सुधार आयो । आइतबार १ सय ६७ कम्पनीको शेयर मुल्य बढ्दा १६ कम्पनीको शेयर मुल्य ओरालो लागेको छ ।
आइतबार स्टयान्डर्ड चार्टड बैंकका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा ग्लोबल आईएमई बैैंकको ऋणपत्र खरिदकर्ताले बढि गुमाउन पुगे । आइतबार २ सय २९ कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर ९ अर्ब ६७ करोड बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्