२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित


65
Shares

काठमाडौं, माघ २ । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेसम्मका स्थगित भएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिनुभयो ।

माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सरेको हो । कोभिड–१९ को बढ्दो संक्रमणको कारण सोमबारको बैठक बस्न नसक्ने भएको भन्दै सारिएको हो ।

अब माघ १६ गते आइतबार दिउँसो १ बजे बैठक बस्नेछ ।