
काठमाडौं, माघ २ । सगरमाथा खुम्बु जोड्ने बालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको छ ।
जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा .कृषिजन्य सामग्रीको ढुवानी गर्न पनि सहज भएको स्थानीयले बताएका छन् । सोलुखुम्बुका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको बताउनुभयो ।
त्यस्तै खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । सडक सञ्चालन भएसँगै आफुहरुको दैनिकीमा सहजता आउने उनीहरुको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्