१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनका विषयमा कांग्रेसभित्र दुईधार, शंकामा देउवाको राजनीति


4.121k
Shares

काठमाडौं, माघ २ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाले जन्मिएको पाँच दलीय गठबन्धन आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा चुनावमा पनि यथावत छ । तर, राष्ट्रिसभा चुनावपछि तीन तहका आगामी निर्वाचनहरुमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको छ । मुख्यगरी सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र स्थानीय, प्रदेश हुँदै संघीय निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा विवाद देखिएको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको पार्टी सभापति शेरवहादुर देउवा र उनी पक्ष नेताहरु आगामी निर्वाचनहरुमा पनि गठबन्धन कायम राख्न चाहेका छन् । तर, सभापतिमा पराजित नेता शेखर कोइराला र उनी पक्ष नेताहरु कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने अडानमा छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा पक्ष वर्तमान राजनीतिक स्थिति, कुनै एउटा पार्टीले मात्रै संघीय र प्रदेशमा बहुमत ल्याउन नसक्ने निर्वाचन प्रणालीका कारण गठबन्धनलाई निरन्तरता दिने पक्षमा छ । कुनै न कुनै दलसँग मिलेर आफु सबैभन्दा ठुलो दल बन्ने, त्यसको नेतृत्व गरी संघ र प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउने दाउमा देउवा पक्ष छ ।

तर, पार्टी भित्र संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका कोइराला पक्षीय केही पदाधिकारी तथा केन्द्रीय सदस्य मुलुकको राजनीतिमा कांग्रेस बाहेक अर्को कुनै वैकल्पिक लोकतान्त्रिक शक्ति नभएकोले परिणाम जे आएपनि आफ्नै सामथ्र्यमा चुनाव लड्नुपर्ने धारणा राखिरहेका छन् । नेपालका वामशक्तिहरुको लोकतन्त्रको वैकल्पिक विचार सुरक्षित रहेकाले अर्को राजनीतिक पदार्पणको लागि उनीहरुको भ¥याङ किन बन्ने भन्ने उनीहरुको तर्क छ । गठबन्धन बारे कांग्रेसभित्रको पछिल्लो विवाद रणनीतिक नभएको राजनीतिशास्त्रका प्राध्यापक पुरुषेत्तम दाहालको टिप्पणी गर्नुहुन्छ ।

हुन त कांग्रेसभित्र गठबन्धनको यात्रा बारे आन्तरिक छलफल र बहस भने भएको छैन् । आन्तरिक छलफल र बहसभन्दा सार्वजनिक भाषणबाजी गलत भएको दाहालको टिप्पणी छ ।

बैशाखमा हुनुपर्ने स्थानीय तह निर्वाचनको बहस बल्ल सुरु भएको छ । प्रदेश र संघीय निर्वाचन कहिले हुन्छ भन्ने यकिन छैन् तर सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसमा सुरु भएको गठबन्धन बारेको गलफत्तीले सहयात्री दलहरुलाई भने सशंकित बनाएको छ ।