
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणअन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
आठौं स्थानमा रहेको एनआरटी जावलाखेललाई हराएर छैटौं स्थानमा उक्लन चाहन्छ । दशौं स्थानमा रहेको जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रतिक्रिया दिनुहोस्