१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुडिरहेको ट्याक्टरबाट लडेर घाइते भएका चालकको मृत्यु


104
Shares

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका ४ रोहवामा गएराति गुडिरहेको ट्याक्टरबाट लडेर घाइते भएका चालकको मृत्यु भएको छ ।

रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा घर भई हाल गोडैता नगरपालिका–५ मा बस्दै आएका १८ बर्षीय आसिर मंसुरको मृत्यु भएको हो ।

गएराति साढे ११ बजे उखु लिएर चिनी मिल तर्फ ना ७ त ५६८ नम्बरको ट्याक्टर चलाएर आउँदै गर्दा उनी अचानक लडेका थिए । उपचारको लागी अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।

ट्याक्टरमा सवार अर्का एक व्यक्ति फरार भएकाले खोजी भईरहेको प्रहरी जनाएको छ ।