७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बागलुङमा संक्रमण बढ्यो


104
Shares

बागलुङ । बागलुङमा कोरोना संक्रमण बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ ।

कोरोना संक्रमित दर बढी रहँदा अक्सिजनको जोहो भने हुन सकेको छैन । दोस्रो लहरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्ला स्थित व्यवसायी र अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि ल्याउनु परेको थियो । धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको गरिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन् ।

संक्रमण घट्दै जाँदा अक्सिजन प्लान्टको काम पूरा गर्ने तर्फ ढिलाइ गरिएको स्थानीयको आरोप छ । प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले गत साउनमा अस्पताल व्यवस्थापनले एक महिनाभित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको र केहि समय लाग्ने लाग्ने बताएका छन् । सरकारले समयमै बजेट नपठाउँदा काम समेत ढिलाइ भएको उहाँको भनाइ छ ।