२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले रौतहट अध्यक्षमा त्रिभुवन साह


169
Shares

काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले रौतहटको नवौं अधिवेशनबाट साह निर्वाचित हुनुभएको छ ।

उहाँको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

यसैगरी, जिल्ला कमिटीको उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिनु भएका छन् ।