
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्