११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


इच्छाकामना गाउँपालिका वडासदस्यको निधन, शोकमा सार्वजनिक बिदा


0
Shares

मुग्लिन, माघ २९ । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ ।

मङ्गलबार राति उपचारका क्रममा  भरतपुर अस्पतलमा उनको निधन भएको हो । यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उहाँ अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए ।

उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु चितवनको इच्छाकामना गाउँपालिका याइएको थियो ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए । उनको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ । रासस