
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोले आफ्नै निबासमा आराम गरिरहनु भएको सचिवालयले जनाएको छ ।
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।
मन्त्री आले पछिल्लो पटक विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनु भएको थियो । आइतबार मात्रै उहाँ पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालाका साथै नारायणहिटी संग्रहालयको अवलोकन समेत गर्नु भएको थियो ।
मन्त्री आलेले आफूहरूको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्