
काठमाडौं । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
१७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ४७ जना संक्रमणमुक्त हुँदा १ लाख ४३ हजार ३ सय ६० जनाले खोप लगाएका छन् ।
सोही समयमा देशभर ३ जनाको मृत्यु हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्