
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।
नगरप्रमुख कमलप्रसाद भुसालसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा माघ ८ गतेसम्मका लागि बन्द गरिएको हो ।
माघ ९ गते आइतबारदेखि कार्यालयकाे नियमित सेवा सुचालु हुने नगरपालिकाले जनाएकाे छ ।
जोखिम न्युनिकरणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
सोमबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनाको नजिता पोजेटिभ आएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्