
काठमाडौं, माघ २९ । नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मारेको हुा भन्दै सार्वजनिक अभिव्यक्ति दिने व्यक्तिलाई किन कानुनी दायरामा नल्याइएको भन्दै प्रश्न गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा, केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएको प्रसंग उल्लेख गर्दै यो प्रश्न उठाएकी हुन् ।
दाहालले पाँच हजार आफूले र १२ हजार राजामहाराजाले मारेको तर्क गरेका थिए ।
सांसद गुरुङले ‘पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन’ भन्दै आक्रोश पोखिन् ।
ठूलालाई चैन, सानालाई ऐन चरितार्थ भएको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य र न्यायको अनुभूति दिलाउनु भएकोमा ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्