
डडेल्धुरा । स्थानीय निर्वाचनको तयारी गर्दै जनता समाजवादी पार्टी, डडेल्धुराले धमाधम स्थानीय संरचना विस्तारलाई अघि बढाएको छ ।
पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत जिल्लाका सातवटै स्थानीय तहका वडाहरूमा अधिकांश नेपाली कांग्रेसबाट रुष्ट भएका, क्रियाशील सदस्यता खोसिएका सर्वसाधारण र राष्ट्रिय मूलधारमा रहेका अन्य पार्टीबाट पनि जसपामा प्रवेश गरी वडा तथा पालिका कमिटी गठन गरेको पार्टीका केन्द्रीय सदस्य लक्ष्मण सिंहले जानकारी दिनुभयो ।
जसपा डडेल्धुरा पार्टी स्थापनापछि छोटो अवधिमै एक हजारभन्दा बढी सदस्य आवद्ध रहेको केन्द्रीय सदस्य सिंहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्