
पर्वत । जिल्लाको आम्वोटस्थित पोखरा–बागलुङ सडकमा सोमबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट पर्वत तर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्बरको मोटरसाइकल र बागलुङबाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्बरको बस मोदी गाउँपालिका–५ आम्वोट नजिकै पोखरा–बागलुङ सडकमा एकआपासमा जुधेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बसमा सवार यात्रु भने सकुशल रहेका छन् । दुवै तर्फका सवारीसाधन तीव्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्