१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत


1.976k
Shares

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो ।

सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न राजी भएको एक नेताले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो विषयमा थप गृहकार्य गरेर माघ ६ गते फेरि अर्को बैठक बस्ने छ ।