
नवलपरासी । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट बहुमुल्य जडिबुटी बरामद गरिएको छ ।
डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले सुनाखरी र झयाउ नामका बहुमुल्य जडिबुटी बरामद गरिएको जानकारी दिनुभयो । बरामद भएका जडिबुटीमा ५१ क्विन्टल सुनाखरी र २१ क्विन्टल झ्याउ रहेको छ । प्रहरीले जडिबुटी लुकाएको जानकारी पाएपछि वन कार्यालयलाई खबर गरेको थियो ।
नेपालमा उक्त जडिबुटी बिक्री वितरण, ओसारपसार र संकलनमा रोक लगाइएको छ । प्रतिबन्ध भएका कारण नेपालमा त्यसको बजार मूल्य कायम गरिएको छैन ।
अन्तराष्ट्रिय बजारमा महंगोमा बिक्री हुने भएकाले भारततर्फ चोरी गर्ने उद्देश्यले जडीबुटी लुकाएर राखिएको वन कर्मचारीहरुले बताएका छन् । भारत पुर्याउँदा जडिबुटी करडौंमा बिक्री हुने अनुमान वन कर्मचारीले गरेका छन् । कवाड सामान मुनी बोरामा लुकाएको अवस्थामा जडिबुटी बरामद भएको हो ।
प्रतिक्रिया दिनुहोस्