
काठमाडौं, माघ ४ । उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर २९ सय ३६ कायम भएर थामियो । नेप्से घटेपनि क वर्गका कम्पनीको मापक सेन्सेटिभ परिसुचक भने सामान्य अंकले हरियो रहेको छ ।
कारोबार भने उच्च नै साढें ८ अर्ब नजिक रह्यो । यस दिन वाणिज्य बैंक, होटल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष बाहेक अरु समूह ओरालो लागे । बीमा र उत्पादनमूलक समूह २ सय अंक हाराहारीले ओरालो लागे । विकास बैंक समूहमा पनि सय अंक माथिको गिरावट आउँदा अरु समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।
वाणिज्य बैंक, होटल तथा पर्यटन र अन्य समूह भने दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ४४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । कारोबार रकमको आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रह्यो ।
अपिको मात्रै २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन समलिङ हाइड्रो, मभ्यभोटेकोशी जलबिधद्युत र बुद्धभूमि नेपाल हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा मानुसि लघुवित्त वित्तिय संस्था, कर्पाेरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस दिन १ सय ४१ कम्पनीको मूल्य घट्दा ४५ को बढ्यो भने ३ को स्थिर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्