
धनकुटा, माघ ४ । कोरोना संक्रमणको जोखिमका कारण धनकुटाका पर्यटकीय क्षेत्र पनि सुनसान भएका छन् ।
मंसिरबाट क्रमश लयमा फर्कदै गएको पर्यटकीय स्थान पुनः सुनसान देखिन थालेका हुन् ।
सार्वजनिक विदाका सयम भिडभाड देखिने पर्यटकीय क्षेत्र अहिले सुनसान हुँदै गएका छन् । विभिन्न जिल्लाबाट आउने आन्तिरक पर्यटकसमेत ह्वातै घटेको होटल व्यावसायीहरु बताउँछन् ।
भारतलगायतका देशबाट आउने पर्यटक भने पुस दोस्रो साताबाट घटेको व्यवसायीहरु बताउँछन् । धनकुटाको भेडेटार, नमस्ते झरना, नाम्जे, हिलेलगायतका स्थान पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्