
फाइल तस्बिर
काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ ।
विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरिएको राहदानी विभागले जनाएको हो ।
विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको जनाएको छ ।
अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा नै सेवा सुचालु गरिने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्