
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान गरिने भएको हो ।
भीडभाडले जोखिम बढ्ने भएकाले बिहीबारबाट लागु हुने गरि जिल्लाका ६ वटा पालिकाहरुमा अर्को सुचना जारी नहुन्जेलसम्मका लागि शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र भुमिकास्थान नगरपालिकाका लागि आइतबार, मंगलबार र बिहीबार सेवा प्रवाह गर्ने प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै, सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका लागि सोमबार, बुधबार र शुुक्रबार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, लगायतका सेवाहरु बार अनुसार प्रदान गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्