
काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० क्रिकेटको उपाधि उचालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि एपिएफलाई सुम्पिन बाध्य बन्यो । रोमाञ्चक जित निकालेको एपिएफले उपाधिसँगै नगद पाँच लाख प्राप्त गरेको छ । उप-विजेता बनेको पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो । यस्तै सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०/५० हजार प्राप्त गरे ।
एपिएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेन । ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै दिलिप नाथले २३ रन जोड्दै दिपेन्द्रलाई साथ दिए पनि दिपकको बोहोराको बलमा बोल्ड हुँदै पवेलियन फर्किएपछि पुलिसको इनिङ संकटमा परेको थियो । यस अघि आरिफ शेखले १२ रन बनाउँदा अनिल शाह १० तथा अमित श्रेष्ठ ३ रनमा पवेलियन फर्किए । राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्यमा आउट भए । गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रनमा अविजित रहे ।
कसिलो बलिङ गरेका एपिएफका लागि एपिएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाएरु मात्र १ सय ५७ रन बनाएको थियो । एपिएफका लाग अमर रौटेलाले सर्वाधिक २९ रन बनाउँदा १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रनमा समेटिए । भुवन कार्कीले १७ रन जोड्दा आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्यमा पवेलियन फर्किए । यस्तै किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।
प्रतियोगितामा एपिएफका मोहमद आशिफ शेख सर्बोत्कृष्ट खेलाडी चुनिए भने बुधबार सपन्न फाइनल खेलमा आशिफ नै प्लेयर अफ दि सिरिज चुनिएका । आशिफले नगद ३० हजार हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २०/२० हजार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्