
काठमाडौं । काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ गरी काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर २३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्