
काठमाडौं, माघ ६ । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जना गरि १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, बिहीबार ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
देशभर ५७ हजार ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ९८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्